Need Help ?
Call: +977- 036420105

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय खाेटङमा !!!

खोटाङ जिल्ला पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत सगरमाथा अञ्चल र हालको संघीय संरचनामा क्षेत्र नं. १ मा पर्ने एक पहाडी जिल्ला हो । समुन्द्र सतहबाट १५२ मिटर देखि ३६२० मिटर सम्म उचाई तथा २६ं ५०’उत्तर देखि २७‍‍ २८’उत्तर अक्षांस र ८६ं २६’ देखि ८६ं ५९’ देशान्तरमा फैलिएको यस जिल्लामा २०६८ को जनगणना अनुसार २२७३०६ जनसंख्या रहेको छ । राजनीतिक तथा प्रशासकीय रुपले यस जिल्लालाई ७२ गाविस १ नगरपालिका १३ इलाका र २ वटा संसदीय निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । भौगोलिक विकटताले यातयातको सुगमता नहुदा मानिसहरुको आवत जावतमा कठिनाई भएतापनि पूर्वको पशुपतिनाथले चिनिने हलेसी महादेव गुफा ,बराहापोखरी , रुपाकोटडाँडा यहाँका सम्पती हुन जसको अवलोकन गर्न देश विदेशबाट पर्यटकहरुको आगमनले यो जिल्लाको परिचयलाई अगाडी ल्याएको छ । जातिय ,सांस्कृतिक, धार्मिक विविधता  भित्रको एकता र सहिष्णुता नमूनायोग्य छ । यस जिल्लामा ३ वटा हवाई मैदानले काठमाण्डौ र विराटनगरलाई नजिक्याएको छ । शैक्षिकरुपमा यस जिल्लामा शिक्षण संस्थाहरुको संख्या मनग्गे रहेको छ । स्नातक तहको पढाई हुने ६ वटा तथा एक स्नातकोत्तर तह पढाई हुने क्याम्पस यस जिल्लाका शैक्षिक धरोहर हुन । विद्यालय शिक्षाको कुरा गर्दा ३११ वटा प्रावि , ८६ वटा निमावि ५९ मावि ,३१ उमावि , ३४७ वालविकास केन्द्र र २९ वटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा रहेका छन् । २७ ओटा स्रोतकेन्द्र रहेको यस जिल्लाको प्रौढ साक्षरता ८७.०४ जसमा महिला साक्षरता ८१.०३ रहेको छ । साक्षर नेपाल अभियान अन्र्तगत ११ गाविस साक्षर भैसकेका छन भने अन्य गाविस र समग्र खोटाङ जिल्लालाई साक्षर घोषणा गराउन “अभिभावकले आफ्ना वालवालिकालाई संस्कार सिकाऔं ,वालवालिकाले अभिभावकलाई अक्षर चिनाऔं ” भन्ने नाराकासाथ कार्यक्रम अगाडि वढाईएको छ । जसको माध्यमबाट विद्यालयको शैक्षिकस्तर वढनुका साथै सवै अभिभावक साक्षर वन्ने अपेक्षा गरिएको छ ।